Thaha

Saturday 11 May - 3:32 pm NST

ईराकी प्रधानमन्त्री हैदर अल अबादीद्धारा रमादी शहरको अवलोकन

काठमाण्डौं, पुस १४ । ईराकी प्रधानमन्त्री हैदर अल अबादी सेनाले एक दिनअघि आईएसको कब्जाबाट मुक्त गराएको प्रमुख शहर रमादी पुग्नुभएको छ । हेलिकप्टरबाट रमादी पुगेका अबादीले त्यहाँ सुरक्षा अधिकारी र कमान्डरहरुसँग छलफल गर्नुभएको बिबिसीले जनाएको छ । यसअघि टेलिभिजनमार्फत प्रधानमन्त्री अबादीले सन् २०१६ मा आफ्नो देशबाट अतिवादी संगठन ईस्लामिक स्टेट आईएसलाई पूर्णरुपमा धपाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

अमेरीकि नेतृत्वको गठबन्धनको हवाई आक्रमणको सहयोगले ईराकी सेनाले रणनीतिक रुपमा रमादी शहर आईएसको कब्जाबाट मुक्त गराएको थियो । सुन्नी बहुल अनबर प्रान्तको राजधानी रमादीलाई आईएसको कब्जाबाट मुक्त गराउन ईराकी सेनाले कैंयौ हप्तादेखी संघर्ष गर्दै आएको थियो । आईएसले गत मे महिनामा रमादीमाथी कब्जा जमाएको थियो ।

प्रधानमन्त्री अबादील अर्को मुख्य शहर मोसूलबाट पनि आईएसलाई धपाउने प्रतिज्ञा गर्नुभएको छ । उहाँले मोसूलमा आईएसविरुद्ध अन्तिम र घातक प्रहार गरिने बताउनुभयो ।